एमाले स्थायी कमिटी बैठक : पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने

294
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेको आज बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भएको जानकारी दिँदै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ।

त्यस्तै, बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावको समीक्षा भएको जानकारी दिँदै उनले भने, ‘सबै विपक्षी मिल्दा एमालेको मत नपुग्ने भएपनि आफूहरुले गरेको प्रयत्नले विजय नजिक हुनुभन्दै भन्दै बैठकले चुनावमा अन्तरघात भएको निष्कर्ष निकालेको छ । ‘यसबारे थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने र्छौं’ ।