न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्न नमानेपछि बाहिरिए कार्की र भट्टराई

1.3k
Shares

न्युज अफ नपाल, काठमाडौँ ।

संसद् विघटनसम्बन्धी परेको रिट सुनुवाइका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न नमानेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको जानकारी गराएका छन् ।

कार्की र भट्टराईल सो जानकारी गराएसँगै इजलास स्थगित भएको हो । मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै केसी र श्रेष्ठल आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् । त्यस्तै, मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो ।