महन्थ ठाकुरसहित ४ नेता जसपाबाट निस्कासित

798
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।