विवादित न्यायाधीसहरुलाई नै निरन्तरता दिँदै संवैधानिक इजलासमा सुनुवाई सुरु

392
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणाले विवादित न्यायाधीसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नै निरन्तरता दिँदै सुनुवाई अगाडि बढाएका छन् ।

विपक्षीका रिट दायर गरेकाहरुका तर्फबाट बहस गर्ने कानूनव्यवसायीहरुले न्यायाधीश केसी र श्रेष्ठलाई परिवर्तन गर्नुपर्ने माग गरेका थिए । न्यायाधीश केसी र श्रेष्ठमाथि संवैधानिक दायराभन्दा बाहिर गई नेकपा विघटन गरेको आरोप छ ।

त्यस्तै, हालको प्रतिनिधिसभा विघटन पनि त्यही फैसलासँग जोडिएको जनाउँदै संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठ र केसी बस्न नहुने कानुनकर्मीहरूले कुरा उठाएका थिए । तर, त्यसबारे सोमबार छलफल भएता पनि न्यायाधीश केसी र श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।