कोरोना संक्रमणबाट अर्थविद डा. गोविन्द थापाको निधन


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट अर्थविद डा. गोविन्द बहादुर थापाको निधन भएको छ ।

कोरोना संक्रमित थापाको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । भरतमोहन अधिकारीको सल्लाहकार समेत रहेका थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा एसियाली विकास बैंकको नेपाल प्रतिनिधि समेत रहेका थिए । उनका दुई छोरा र एक छोरीमध्ये एक छोरा राष्ट्र बैंकमै कार्यरत छन् भने अर्का छोरा र छोरी चिकित्सक छन् ।