यसपटक पनि आन्तरिक मूल्याङ्कनबाटै एसईई



ljgfzsf/L e”sDksf sf/0f Ps dlxgfkl5 ;~rfngdf cfPsf] sIff !@ sf] klxnf] lbgsf] k/LIff lbFb} 5fqf . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, (नेस) ।

कोरोना संक्रमणका कारण यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधिअनुसार हुने भएको छ ।गत वर्ष पनि कोरोना संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले आन्तरिक मूल्याङ्कनको विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गर्न नसकेको तथा अर्को बैठकले निर्णय गर्ने बताइएको छ ।मन्त्रालयले हरेक विद्यालयले पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा लिएको परीक्षालाई आधार मानेर मूल्याङ्कन गर्न निर्देशन दिने भएको छ । गत वर्ष पनि सोही मूल्याङ्कनलाई आधार मानेर परीक्षा सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षाशिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिकको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।

कतिपय स्कुलले अहिले प्रि–एसईई भनेर परीक्षा सञ्चालन गरिरहेको भए पनि त्यसलाई भने आधार मान्न नपाइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक पनि आन्तरिक मूल्याङ्कन गर्दा गत वर्षको जस्तै बेथिति दोहोरिनेमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्