आज थप ६४९१ जना कोरोना संक्रमणमुक्त

1.1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ६४९१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस्तै आज देशभर ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने थप ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।