नेपाल सरकारलाई पतञ्जली योग पिठले दियो ‘कोरोनिकल किट’

8.3k
Shares

मोतीराम तिमल्सिना, काठमाडौं ।

कोरोना संक्रमण भएका विरामीहरुलाई चाँडै निको हुने तथा सक्रमण नभएका ब्यक्तिहरुलाई संक्रमण हुन नदिने गरी शरिरको रोगसँग लड्न सक्ने शक्ति बढाउन पतञ्जली योग पिठ नेपालले नेपाल सरकारलाई ‘कोरोनिकल किट’ हस्तान्तरण गरेको छ । ‘भारतमा कोरोना संक्रमितहरुका बीच प्रभावकारी बनेको कोरोनिल किट नेपालमा संक्रमण भएका विरामीहरुका लागि पनि उपयुक्त हुने ठानेर स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठी मार्फत आचार्य श्री सँग कुराकानी गराएर नेपाल सरकारलाई हस्तान्तरण गरेका हौं’–पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालिकराम सिंहले भन्नुभयो–‘सरकारले संक्रमति विरामीहरु मध्ये गम्भिर प्रकृतिका विरामीहरुलाई मेडिकल स्वास्थ्य सेवा मार्फत उपचार गराईरहेको नै छ थप आर्युवेदेकि उपचार विधी मार्फत कोरोनिल किटको प्रयोगबाट संक्रमितहरु चाँडै निको हुने वातावरण बनाउन पतञ्जलीले उत्पादन गरेको कोरोनिल किट नेपालका लागि माग गरेका हौं ।’

पहिलो चरणमा १ सय बाक्सा कोरोनिल किट मन्त्री ह्दयदेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महत्तोलाई ट्रष्टी शालिकराम सिंह, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं पतञ्जली योग समितिका सल्लाहकार सुरकृष्ण बैद्य, पतञ्जली योग समिति बागमति प्रदेश समितिका अध्यक्ष ग्रुवेन तौजले लगायतले कोरोनिल किट हस्तान्तरण गर्नु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

‘सरकारले महामारीका बीच सहयोग लिन र दिन एकद्धार प्रणाली लागु गरेका छौं’–मन्त्री ह्दयदेश त्रिपाठीले भन्नुभयो–‘विपत्तिमा विभिन्न क्षेत्रको सहयोगलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको आरोग्य नेपाल निर्माण गर्ने अभियानलाई सार्थक बनाउन चिकित्साविधी सँगै आर्युवेद प्रणाली शुरु गरिएको मन्त्री त्रिपाठीले बताउनु भयो । ‘ म आफैले पतञ्जली योग पिठमा आचार्य जीसँग कुराकानी गरेर कोरोनिकल किट मगाएको हुँ’–मन्त्री त्रिपाठीले भन्नुभयो–‘कोरोनिल किटले कोरोना भाईरसको संक्रमणबाट विरामी भएकाहरुका लागि सहज बनाउने विश्वास लिएका छौं ।’

पतञ्जलीले पहिलो चरणमा हस्तान्तरण गर्ने कोरोनिकल किट भारतिय ५८ लाख रुपैया बराबरको रहेको ट्रष्टी शालिकराम सिंहले बताउनु भयो । तत्कालै २ करोड रुपैया बराबरको सामाग्री नेपाल सरकारलाई उपलबध गराउने उहाँले बताउनु भयो । मन्त्री त्रिपाठीले सहयोगिहरुलाई धन्यवाद र आभार ब्यक्त गर्दै सहयोग निरन्तर गर्न अनुरोध गर्नु भयो ।