एसईई परीक्षा नहुने

3.2k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोेना महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित हुने भएको छ । संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । सोमबार बसेको मन्त्रालयको बैठकले सो प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

कोरोना महामारीकै कारण गत वर्षको एसईई पनि विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो । मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।