राष्ट्रियसभा सदस्यमा काँग्रेसका पाण्डेय विजयी

644
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विपक्षी गठबन्धनका पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत पाएका छन् ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पछि पार्दै विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले जितेका थिए ।