लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान


न्युज अफ नेपाल, रुपन्देही ।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो ।

पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।