एमाले प्रदेश कमिटीद्वारा सुदूरपश्चिमका ६ मन्त्रीलाई निष्काशन गर्न सिफारिस

420
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशका प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीसहित भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरेको हो ।

यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई पनि साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गरिसकेको छ ।