महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। आफूसँग २० सांसद रहेको दावी गर्ने जसपाको ठाकुर पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै छ।