आजकाे एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि ११ बजे बस्ने


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ। प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक भोलि ११ बजेका लागि समय सारिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्ष ओलीले स्पष्टीकरण माग गर्दै पत्र पठाए पनि कुनै जवाफ नफर्काएका घनश्याम भुसालसहित थप १२ नेतालाई कारबाही गर्ने चर्चाबीच एमालेको स्थायी कमिटीको बैठक बस्ने मिति तोक्दै सार्दै गरिएको हो।