राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी


न्युज अफ नेपाल ,बुटवल ।

राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन सुरु भएको छ । मतदाताहरु दुरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन् ।माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका बिहान साढे नौ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरेका छन् ।मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना सुरु हुने कुँवरले बताए । प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए ।