देउडा पपमा वरको छायाँ


गायक दीपु कान्छो र गायिका विशाखा शाहीको स्वरमा देउडा पप गीत वरको छायाँले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। मायालु जोडीबीचको प्रेमका संवादलाई समेटिएको गीतमा दीपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज रहेको छ।

म्युजिक भिडियो अमृत उपाध्यायको छायाँकन, कृष्ण बाबुको सम्पादन तथा प्रवीण सिंहको निर्देशनमा तयार पारिएको छ। गीतको म्युजिक भिडियोमा कृष्ण बाबु र विमला साउँदले अभिनय गरेका छन्।