लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन आज हुँदै


न्युज अफ नेपाल ,बुटवल ।

लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन आज हुँदैछ । मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको छ। माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यालय दाङका प्रवक्ता गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।