संक्रमणमुक्त हुनेको ग्राफ बढ्दै


नेपाल समाचारपत्र, वीरगन्ज

पर्सामा कोरोना संक्रमण मुक्त हुनेको ग्राफ बढ्दै गएको छ । जिल्लामा वैशाखको पहिलो साता निकै उत्कर्षमा रहेको कोरोना संक्रमणबाट निको हुनेको दर विस्तारै बढ्दै गइरहेको हो ।जेठ १६ गते आइतबारम्ममा पर्सामा कुल ९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिँदा संक्रमित भएकामध्ये १ हजार ६ सय ८२ जनाले कोरोनालाई पराजित गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौलेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब पर्सामा जम्मा १ हजार २ सय ८२ जना मात्रै सक्रिय संक्रमित रहेका छन् उनीहरुमध्ये २ सय ८ जना मात्रै वीरगन्जका विभन्न अस्पतालमा उपचाररत छन् ।

पर्सामा दोस्रो लहरका कोरोनाका कारण भने १ सय १९ जनाको मृत्यु भएको छ । जिल्लाबाहिरबाट उपचारका लागि वीरगन्ज आएका १ सय ४४ जनाको पनि कोरोनाले ज्यान लिएको छ । कोरोना नियन्त्रणका लागि भन्दै गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञाको समय थप गरेर २० गतेसम्म पु¥याएको छ भने जिल्लामा निषेधाज्ञा लगाइएको एक महिना पूरा भएको छ । निषेधाज्ञाका कारण नै जिल्लामा संक्रमितहरुको संख्या घटेको चिकित्सकहरुको भनाइ छ ।यसैबीच वीरगन्जमा कोरोना संक्रमितको संख्या पनि घट्दो छ । पछिल्ला दिनमा लगातार संक्रमितको संख्या घटेको छ । पछिल्लोपटक थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको ८० जनाको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति परीक्षण गर्दा १४ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ९ जना पर्साका, २ जना बाराका, १ जना रौतहटका, २ जना सर्लाहीका र १ जना काठमाडौंका रहेका छन् ।

संक्रमित हुनेमा १२ जना पुरुष र २ जना महिला रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले बताउनुभयो । यसअघि शुक्रबार राति १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टी भएको थियो । त्यसरी नै बिहीबार १ सय ७७ जनाको पीसीआर परीक्षण गरिँदा ४२ जनामा संक्रमण पुष्टी भएको थियो ।त्यस्तै, वीरगन्जमा संक्रमणका कारण आइतबार पनि २ जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का ६० वर्षीय पुरुषकको बिहाज मृत्यु भएको थियो ।

जेठ ७ गराएको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि जेठ ८ गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए ।नारायणी अस्पतालका निमित्त मेसु डाक्टर उदय नारायण सिंहले बताउनुभयो । त्यसै गरी, नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगर–१६ मिथिला नगरका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कडा निमोनिया भएका उनको जेठ ७ गते पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखएपछि जेठ ८ गते उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो ।उपचारको क्रममा उनको पनि बिहान ८ बजे मृत्यु भएको अस्पतालका निमित्त मेसु डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।