खोप लिन निगमको वाइड बडी चीन जाँदै



काठमाडौँ, (नेस) ।

चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज सोमबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।
चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको जहाज त्यसतर्फ जाने भएको हो ।

बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिनुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीसँगको झन्डै पौने घण्टाको फोन वार्ताका क्रममा चिनियाँ समकक्षी सी जिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख चिनियाँ खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार नेपाल ल्याउनेछ भने बाँकी दुई लाख मात्रा नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले युनानको कुन्मिङबाट ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्