एमाले स्थायी कमिटी बैठक स्थगित

700
Shares

काठमाडौं : आज साँझ ५ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने बताइएको थियो ।