थाई राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

1.3k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमणविरुद्ध लड्न थाइल्यान्डको राजपरिवारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

थाई राजपरिवारले सहयोग गरेको १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार पाँच सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री आइतबार बिहान नेपाल आइपुगेको हो । सो सामाग्री नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।