भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ ‘हाइब्रिड’ भेरियन्ट


न्युज अफ नेपाल काठमाडौं ।

 

भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाएको छ ।

भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।

भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।