प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ सुरु


न्यज अफ नेपाल काठमाडौं ।

संसद विघटनविरुद्धका रिटमाथि आइतबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् ।