कोभिडसँग लड्न मनीषाले गरिन् भेन्टिलेटर सहयोग


नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन भेन्टिलेटरका साथै स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन् । अभिनेत्री कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई भेन्टिलेटरका साथमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँमा सहयोग गरेकी हुन्।

उनले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क उपलब्ध गराएको अस्पतालले जनाएको छ। मनीषाले यो विषम परिस्थितिको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा अस्पतालले मनीषाप्रति आभार व्यक्त गरेको छ। अभिनेत्री कोइरालाले कोभिडबाट प्रभावित नेपालीको सहयोगमा आफू सधै तत्पर रहने जनाएकी छिन्।