गायक श्रेष्ठ कोभिडका कारण अस्पतालमा


वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना पुष्टि, अस्पताल भर्ना

ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठ कोरोना संक्रमणबाट हुने कोभिड–१९ पुष्टि भएपछि स्वास्थ्यलाभका लागि अस्पताल भर्ना भएका छन्। कोभिड–१९ का कारण स्वास्थ्यमा समस्या देखिएपछि गायक श्रेष्ठ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

गायक श्रेष्ठ हाल अस्पतालको स्वास्थ्य सेवा लिई स्वास्थ्यलाभ गरिरहेका छन्। उनको स्वास्थ्यलाभका लागि संगीतकर्मी तथा शुभचिन्तकहरुले कामना गरिरहेका छन्।