रामकृष्णद्वारा संक्रमितका लागि अमेरिकाबाट १८ लाख संकलन


सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि अमेरिका पुगी कोभिडका कारण रोकिन पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि त्यहाँबाट रकम संकलन गरेका छन्। गायक ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग रकम संकलन गरेका हुन्।ढकालले अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरी १८ लाख रुपियाँ संकलन गरेको जनाए। उनले आफू अमेरिकामै रोकिए पनि त्यहींबाट केही सहयोग जुटाउन उद्देश्यले अमेरिकामा रहेका नेपालीलाई कोरोना संक्रमितलाई सहयोग गर्न आह्वान गरेका थिए।

मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीले खुला ह्दयले सहयोग गर्नुभएको छु गायक ढकालले भनेका छन्। ढकालले अमेरिकाबाट संकलन गरेको १८ लाख रुपैयाँ महावीर पुनको राष्टिय आविष्कार केन्द्रको नाममा रहेको बैंक खातामा जम्मा गरिदिएका छन्। सहयोग रकम प्रदान गर्ने वचन आइरहेको जनाउँदै गायक ढकालले नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य व्यक्तित्वबाट स्थापित संस्थाहरुमार्फत सहयोगका लागि पठाइने बताए।