सचिनले चीनबाट पठाए स्वास्थ्य सामग्री


नेपालका कोभिड–१९ संक्रमितलाई सघाउन पिरिम नलाउने गायक आशिष सचिनले चीनबाट अक्सिजन कन्सेन्टरेटर, पीपीई, ग्लोभ्स, मास्कलगायतका स्वास्थ्य सामग्री पठाएका छन्। ‘चीन भ्रमणको दौरानमा थोरै भए पनि स्वास्थ्य सामग्री चीनबाट नेपाल पठाउन पाउँदा साह्रै खुसी महसुस गरेको छु’ उनको भनाइ छ।

आशिषले दुई लाख ५५ हजार ८ सय रुपियाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाएको उल्लेख गरेका छन्। उनको पिरिम नलाउने, गलबन्दी पछ्यौरी, उनका पानी बादलु, एककान दुई कान मैदान बोलका गीतका म्युजिक भिडियो बजारमा आइसकेका छन्।