बलिउडका चर्चित अभिनेता संजय दत्तलाई यूएई सरकारले दियो ‘गोल्डेन भिसा’

29.8k
Shares

बलिउडका चर्चित अभिनेता संजय दत्तलाई यूएई सरकारले गोल्डेन भिसा दिएको छ । दत्तले सामाजिक सञ्जालमा मेजर जनरल मोहम्मद अल मर्रीको साथमा रहेको तस्वीर सार्वजनिक गर्दै गोल्डेन भिसाका लागि आफु निकै आभारी रहेको जनाएका छन् ।

‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छु उनले लेखेका छन् ।