कोरोनाबाट सहायकरथी केसीको निधन

2.5k
Shares

काठमाडौँ । 

नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहनुभएका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्कनुभएको हो । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्‍याउनुभएका काठमाडौँ निवासी उहाँको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ ।