१५ जेठमा बजेट नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग

2.8k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथिको सुनुवाईमा अधिवक्ता सुनिल कुमार पटेलले १५ जेठमा बजेट नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गर्दै पटेलले संसद नभएको चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउँदा पपुलिष्ट बजेट आउने सम्भावना रहने भएकाले १५ जेठमा बजेट नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका हुन् ।

‘हामीले संविधान बनाउँदा १५ जेठमा बजेट किन भन्यौँ भने, डेढ महिनासम्म बहस होस् पार्लियामेन्टमा, छलफल होस् भनेर हो’, उनले भने, ‘बजेटमा केही सुधार वा थप्नुपर्ने भए सजिलो होस् भनेर। अहिले संसद छैन र अध्यादेश ल्यायो भने मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिले ल्याउँछन् । यसले गर्दा प्रधानमन्त्री ओली सर्वेसर्वा हुन्छन् । इलेक्सन घोषणा गरेर बजेट ल्याउँदा पपुलिस्ट बजेट ल्याउने प्रबल सम्भावना छ । चन्दादाता, व्यापारीलाई कर छुट र फाइदा हुनेगरी ल्याउने सम्भावना छ । ट्याक्स रेट मिलाउने भएकाले १५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी होस् ।’