संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश

798
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएका छन् ।

संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् । संवैधानिक इजलासमा दर्ता मुद्दा शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका थिए ।