नेपाल रैपिड एक्शन टास्कफोर्सले चिरिबाबु महर्जनलाई अक्सिजन कन्सनट्रेटर सहयोग


न्युज अफ नेपाल, काठमाडौं ।  नेपाल रैपिड एक्शन टास्कफोर्स समुहका नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन  ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरेको छ ।

बेफन, सेन, ईन्फो, क्रिएसन नेपाल र गुथी संस्थाहरुले कोभिड १९ विरुद्ध लडन नेपाल रैपिड एक्शन टास्कफोर्स समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर मेसिनकोभिड १९संक्रमित बिरामीलाई उपचार गर्नउपलब्ध गराउने उद्देश्यका साथविभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरि अहिले सम्म ३० वटा अक्सिजन सिलिण्डर र १० अक्सिजन कन्सनट्रेटर मेसिन गरि कुल ४० वटा हस्तान्तरण गरिसकेको जानकारी दिए ।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अक्सिजन सिलिण्डर आइसोलेसन सेन्टरमा रहेका संक्रमितकाे उपचारका लागि प्रभावकारी भएको भन्दै खुसीव्यक्त गरे । उनले यस आइसोलेसन सेन्टरले कोभिड संक्रमितको उपचार गर्दै आएको र अक्सिजन सिलिण्डर जस्तो जीवन बचाउने सामग्रीको सहयोग पाउँदा आफुलाई यस्तो दुखद समयमा हौसला मिलेको भन्दै सहयोगको लागि कार्यदललाई धन्यवाद ज्ञापन गरेका छन।

 

ललितपुर महानगरपालिकामा रहेको बागडोल ज्यापु समाज वृद्ध आश्रम आइसोलेसनमा७० जना र सुनाकोटी युवाघर आईसोेलेसन सेन्टरमा ५० जना संक्रमितहरुलाई नगरपालिकाले पौष्टिक आहार र मानसिक परामर्श कार्यक्रमगर्दै आएको ललितपुरका मेयरले बताए । आज कोभिड महामारीले एक व्यक्ति र एक घरलाई मात्रक्षति नगरि विश्व भरिका जनताहरुमा त्रास र समस्या निम्त्याएको छ । हरेक दिन कोभिड संक्रमणका कारण मृत्युवरण भएको समाचारले समाज, देश मात्रनभई विश्व भरिका मानिसहरुलाई कमजोर बनाईरहेको समयमाअक्सिजन सिलिण्डरको सहयोग गरी मानिसको जीवन बचाउन थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको कुरा बताउँदै चाडैनै यस्तो भयावह अवस्थाको अन्त्यहुने र विश्वनै सामान्यजिवनतर्फ फर्कनेमा आफु आशावादीभएको धारणा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले व्यक्त गर्दै सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजकालागि गर्नुहुन अनुरोध गरे ।

 

 

उनले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकमनेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गर्नुभएको बारे उनले जानकारी दिए । कोभिड १९ बाट संक्रमितहरुको उपचारार्थ अक्सिजन कन्सन्ट्रेसन मेसिनको महत्वबारे ललितपुर महानगरपालिकाका मेयरबाट सुन्न पाउँदाआपूलाई प्रफुलिततुल्याएको र ललितपुर महानगरपालिकामा रहेका आईसोलेसन सेन्टरहरुमाउपचारार्थ संक्रमितहरुको उपचारमा अनुभवि र विज्ञ चिकित्सकहरुको उपस्थिती देख्दानिक्कै खुसीलागेको कुरा नेपाल राईजीङ्ग नेपालयुएसए का प्रतिनिधि डा. अरबिन जोशीले बताए।

अक्सिजनअभावका कारण अस्पतालहरुलेसंक्रमितको उपचार गर्न नसकेकोे अवस्थामा बेफन, सेन, ईन्फो, क्रिएसन नेपाल र गुथी संस्थाहरुले कोभिड १९ विरुद्ध लडन नेपाल रैपिड एक्शन टास्कफोर्स समुह गठन गरि अक्सिजन सिलिण्डर र अक्सिजनहाईड्रोजन सिलिण्डर मेसिन संक्रमितहरुलाई उपलब्ध गराईरहेको छ ।बसंक्रमितलाई आवश्यक पर्ने अक्सिजनको आवश्यक्तालाई परिपूर्ति गर्न ३० वटा हाइड्रोजन सिलिण्डरलाई अक्सिजन सिलिण्डरमा परिवर्तन गरि बेफन संस्थाले अक्सिजनको अभावलाई पुरा गरेको छ । नेपाल कोभिड १९ कार्यदलका सम्पूर्ण संस्थाहरुले अक्सिजन सिलिण्डर र कन्सनट्रेटर मेसिनउपलब्ध गराई जिवन र मृत्युसँग संर्घषरत विरामीहरुको पिडामा मल्हमलगाउने कार्य गरिरहेको छ ।