अध्यादेशमार्फत जेठ १५ मा पूर्ण बजेट ल्याउने सरकारको तयारी


न्युज अफ नेपाल काठमाडौैं ।

सरकारले अध्यादेशबाट यही जेठ १५ मा पूर्ण बजेट ल्याउने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा बजेट ल्याउन नहुने बताईरहेका बेला सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउने जनाएको हो ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले अर्थ मन्त्रालयले पूर्ण बजेटको तयारी थालेको प्रधानमन्त्री निकट उच्च स्रोत जनाएको छ । कोभिड–१९ को महामारीले मुलुकलाई आक्रान्त बनाईरहेका बेला स्वास्थ्य क्षेत्रलाई नै उच्च प्राथमिकतामा राखेर बजेट आउने स्रोत भनाई छ ।
अर्थ मन्त्रालयले भने कोभिड–१९ का कारण आक्रान्त स्वास्थ्य क्षेत्रको पुनस्उत्थान, न्यूनवर्गीय सर्वसाधरणको जिविकोपार्जन तथा बृद्ध भत्ता वृद्धि जस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ । यस्तै यसपटक सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउने छैन ।