संसद विघटनविरुद्धका रिटमा सुनुवाई सुरु

280
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले १९ वटा रिटमाथि सुनुवाइ सुरु गरेको हो ।

संसद विघटनविरुद्ध दर्ता भएका ३० वटा रिटमध्ये ११ वटा रिट निवेदन संवैधानिक इजलाशबाट सुनुवाइ हुनुपर्ने माग गरिको छ । नियमित इजलासमा दर्ता भएका १९ बाहेक ११ वटा रिट निवेदन शुक्रवारका लागि संवैधानिक इजलासमा पेसी तोकिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।