रौटहटमा चौथोे पटक निषेधाज्ञा जारी


सञ्जय कार्की , रौतहट ।

रौटहटमा कोरोना संक्रमित संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले भिडभाड र मानिसको आवतजावत नियन्त्रण गर्न चौथो पटक आगमी जेष्ठ १९ गते सम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको बताउनु भयो । रौतहटमा हाल सम्म कोरोना संक्रमण बाट ८६ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो समय रौतहटमा १ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय ३८ जना निको भैसकेको छ । अझै ७ सय ४८ जना कोरोना संक्रमणका बिरामी रहेका छन । होम आईसोलेसनमा रहेर ७ सय १७ जना कोरोना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन । जिल्ला प्रशासन कार्यालय रौतहट द्धारा जारी निषेधाज्ञाले शहरी क्षेत्र सुनसान बनेको छ । उता मानिसहरुको आवागमन समेत फितलो बनेको छ । प्रमुख जिल्ला अधिकारी यादबले निषेधाज्ञाको उल्लघन गरेमा संक्रमण ऐन २०२० एवम स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने बताउनु भयो ।