कोरोनाबाट सेनाका सहायक रथी केसीको निधन


न्युज अफ नेपाल ,काठमाडौं ।

कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज विहान निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सहायक रथी केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि पछिल्लो समय उनलाई भन्टिलेटरमा राखिएको थियो ।