कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन


न्युज अफ नेपाल काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो ।

मल्लको काठमाडौं निदान अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेतिर  निधन भएको हो ।उनलाई निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित बनाएकाे थियाे । मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ  ।