भिडियो बनेर आयो, युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा


युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १०औं जन्मजयन्तीको अवसर पारेर उनको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत मेरो प्यारो ओखलढुंगाको आकर्षक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशक, अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसीले निर्देशन गरेका छन्। युगकविको बारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको गीत म्युजिक भिडियोमा दिनेश डिसीको साथमा महेश खड्का र समीक्षा पोखरेलले अभिनय गरेका छन्। छायांकन सुरेश घिसिङ र सम्पादन माधव बेलवासेले गरेका छन्।