बालबालिकालाई रमितको सहयोग


निषेधाज्ञा शरु हुनै लाग्दा अमेरिकाबाट जन्मभूमि फर्किएका अभिनेता रमित ढुंगानाले राजधानीको जोरपाटीमा अवस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपाललाई नगद एक लाख रुपैयाँ सहयोग गरेका छन्। हालै झापा पुगेर आफू गुडविल एम्बेस्डर रहेको इन्टझा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको तर्फबाट भुटानी शरणार्थीलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री हस्तान्तरण गरी सोमबार मात्रै राजधानी फर्केका रमितले मंगलबार १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउन्डेसनमै पुगेर सो रकम हस्तान्तरण गरेका हुन्।

फाउन्डेसनमा अभिभावक विहीन बन्न पुगेका २५ जना बालबालिका छन्। कोरोना महामारीको यो अवस्थामा बाँचौं र बचाऔं भन्ने उद्देश्यले सहयोगको लागि पाइला अघि बढाइरहेको छुु अभिनेता ढुंगानाको भनाइ छ ञहुने खानेलाई चलिरहेकै छ, बच्चाहरुले न त मागेर खान सक्छन्, न त कहीँ बाहिर नै निस्किन सक्ने अवस्था छ। त्यसैले, अप्ठ्यारोमा परेकाहरुलाई आफूले सकेको सानो सहयोग गरेको हुँ। सक्दो सहयोगको लागि आम अपिल पनि अहिलेको आवश्यकता हो।