बिलबोर्डमा द विकेन्डलाई सर्वाधिक १० अवार्ड


अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा महत्वपूर्ण मानिने सांगीतिक अवार्ड बिलबोर्ड म्युजिक अवार्ड हालै अमेरिकाको लस एन्जल्समा सम्पन्न भएको छ।अवार्ड समारोहमा क्यानेडियन गायक द विकेन्डले सर्वाधिक १० अवार्ड चुमेका छन् । उनले उत्कृष्ट गायक, कलाकार तथा उनको एलबम आफ्टर आवरले सर्वोत्कृष्ट एलबमको अवार्ड चुमेको छ। उनले आर एन्ड बी अर्थात् रिदम एण्ड ब्लुज विधातर्फ पनि बाजि मारेका छन्। त्यसैगरी आर एन्ड बि आर्टिस्ट, आर एण्ड बि मेल आर्टिस्ट, आर एण्ड बि सङका साथै टप हट १०० आर्टिस्ट, रेडियो सङ आर्टिस्टलगायतको अवार्डलाई पनि उनले आफ्नो बनाएका छन्। समारोहमा सर्वोत्कृष्ट डान्सर तथा डान्स इलेक्ट्रोनिक एल्बमको अवार्ड क्रमशः गायिका लेडी गागा र उनको क्रोमाटिका एलबमले चुम्यो भने सर्वोत्कृष्ट गायिकाको अवार्ड भने विलोका लागी टेलर स्विफ्टले चुमिन्।

  त्यस्तै, टप डीओ ग्रुप, टप सङ सेल आर्टिस्ट र टप सोसल आर्टिस्टको अवार्ड साउथ कोरियन साँगीतिक समुह बिटियसले, टप स्ट्रीमिङ सङ आर्टिस्टको अवार्ड डेकले, आर एन्ड बि महिला कलाकारको अवार्ड दोजा क्याटले, कन्ट्री एल्बमको अवार्ड डबल एलबमले, कन्ट्री आर्टिस्ट र कन्ट्री मेल आर्टिस्टको अवार्ड मोर्गान वालेन, कन्ट्री फिमेल आर्टिस्टको अवार्ड ग्याबी बारेटले र कन्ट्री डुओ ग्रुपको अवार्ड फ्लोरीडा जर्जिया लाइनले जिते।

रक विधातर्फ भने-याप एलबम एइम फर द मुन, र डाउनफलले चुम्यो भने एइम फर द मुनले बिलबोर्ड २०० एलबमको अवार्ड पनि आफ्नो बनाएको छ । रक आर्टिस्टको अवार्ड भने मसिन गल केलिले जिते । त्यस्तै, -यापतर्फ -यापर र पुरुष -यापरको अवार्ड पप स्मोकले जित्दा महिला -यापरको अवार्ड मेगन द स्टालियनले चुमिन्। पप स्मोकले ह्वाट यु नो अबाउट लभ बोलको गीतमार्फत नव कलाकारको अवार्ड पनि आफ्नो बनाए। बड बनी ल्याटिन आर्टिस्ट र ल्याटिन मेल आर्टिस्ट विजेता भए भने ल्याटिन फिमेल आर्टिस्ट क्यारोल जी, ल्याटिन डिओ ग्रुप विजेता इस्लाबिन अर्माडो भए। कृस्क्चियन एलबम र कलाकारको अवार्ड क्रमशः माई गिप्ट र इलिभेसन वोर्सिपले जित्दा -यापर कान्या वेस्टले भने गोस्पेल कलाकारको अवार्ड चुमे।

समारोहमा अमेरिकी गायिका तथा गीतकार पिकंलाई आइकन, गायक र -यापर, अभिनेता तथा निर्माता डेकलाई दशक कलाकार तथा -यापर तथा गीतकार टझेया द टझूथलाई परिवर्तनकर्ताको रुपमा सम्मानित गरिएको थियो।३१औं सस्करणको अवार्ड समारोहको सञ्चालन अमेरिकी गायक निक जोन्सले गरेका थिए भने उनकी पत्नी तथा ग्लोबल आईकन एवं बलिउड नायिका प्रियंका चोपडाले पनि निकलाई साथ दिएकी थिइन्। समारोहको अन्य सञ्चालकमा चेल्सी ह्याडलर, सिन्थिया एरिवो, पद्मालक्ष्मी, हेनरी गिल्डिध्रजस्ता कलाकार रहेका थिए। समारोहमा विभिन्न कलाकारले आ-आफ्नो प्रस्तुति दिएर मनोरञ्जन दिलाएका थिए भने कलाकारहरुको स्टाइलिस कपडा र फेसन सेन्स चर्चामा रह्यो। बलिउड अभिनेत्री प्रियंका चोपडा पनि अन्य समारोह जस्तै यस पटक पनि लुक्सको कारण चर्चामा रहिन्। उनले लगाएको गोल्डेन कलरको थाई हाई स्लेट गाउनले उनलाई निकै बोल्ड देखाएको थियो।