संसद विघटनविरुद्ध सर्वोच्चमा परेका १९ रिटको आज सुनुवाइ


न्युज अफ नेपाल काठमाडौं ।

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका १९ रिटहरुको सुनुवाइ आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा परेका कुल ३० रिट मध्ये १९ रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ। यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुनेछ । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्च पुगेका थिए। देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।