‘अस्पतालको गुण्डागर्दीका कारण बुबा गुमाएँ’ भन्दै भक्कानिए कमेडियन मिश्रा (भिडियोसहित)

1.4k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित युवा कमेडियन आदर्श मिश्रा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । बुबा विनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमार्फत् एक भिडियो सार्वजनिक गर्दै अस्पतालको गुण्डागर्दीका कारण बुवाले गुमाएको बताएका छन् । उनले वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीले बुबाको ज्यान गएको आरोप लगाएका छन् ।

‘बाबा हुनुहुन्न अब । अनि मेरो बाबाको अवस्था यस्तो हुनुको पुरै जिम्मेवार म नेसनल मेडिकल कलेज ‍(एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने बाबालाई दुई हप्ताअघि डायलसिसका लागि लैजाँदा एसपीओ टु (अक्सिजन स्याचुरेसन) ९० छ, तपाईंको डायलसिस यहाँ हुँदैन भनेर अस्पतालबाट निकालिदिएको हो,’ उनले भनेका छन्, ‘चार वर्ष मेरो बाबाले एनएमसीमा डायलाइसिस गराउनुभएको हो । डायलसिसबापत ३५ सय सरकारबाटै तिनीहरुले उठाएको हो । कमाउने बेला तिमीहरूले कमाउने रु बिरामीलाई गाह्रो भएको बेला धपाइदिने रु त्यहाँ मेसिन र डायलुजर केही पनि काम लाग्दा छैनन् ।’

आदर्शले बुबाको निधन भएपछि आफूले आमालाई झुटो बोलेको समेत बताएका छन् । ‘उनले भनेका छन्, ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जान्छौं, बाबाको उपचार त्यहाँ हुन्छ’ भन्यौं । बाबाको ‘बडी’ प्याक गरिसकिएको थियो । एम्बुलेन्समा हालिसकेको थियो । आफ्नो बुढा गुमाएकी एक महिला मेरी आमालाई ‘तेरो बुढाको नारायणी अस्पतालमा उपचार हुन्छ’ भनेर सिधै श्मशान घाटमा लिएर गएँ । कति पाप छ मेरो टाउकोमा । चर्चित कमेडियन मिश्राका बुबाको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियाे । उनले  काजकिरिया सकिएपछि आफू र बुबामाथि भएकाे अन्यायविरुद्ध लड्ने पनि बताएका छन् ।