युवाको पहलमा बादी समुदायलाई राहत

924
Shares

न्युज अफ नेपाल, अछाम ।

अछाममा बादी समुदायलाई राहत वितरण गरिएको छ । अन्तर्राष्ट्रिय मानवता समूह नामक संस्थाको सहयोगमा मंगलसेन नगरपालिका-५ का स्थानीय बादी समुदायलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय अभियन्ता द्वय रिदम बिक र अर्जुन जैगडीको पहलमा उक्त राहत सामाग्री संकलन भएको थियो । कोरोना महामारीका कारण लकडाउन जारी भएपछि भोकै पर्ने अवस्था आएकाले विदेशमा बस्ने नेपालीसँग सहयोगका लागि अपिल गरेर राहत संकलन गरेकाे अभियन्ता जैगडीले जानकारी दिए ।