वीरगञ्जमा डीएसपीको दादागिरी : मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

14.5k
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन् । दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन् ।

बुधबार बिहान साढे १० बजेतिर उक्त घटना भएको पसल सञ्चालक करन पटेलले बताए । कर्मचारी अप्रोजको मोवाईल समेत प्रहरीले जफत गरेको उनले बताए । यद्यपि वीरगञ्ज प्रहरीले भने यसअघि प्रहरीमाथि हातपात भएको भिडियो अप्रोजले बनाएका कारण उनलाई कुटपिट गरिएको जनाएको छ ।