काठमाडौंमा कोरोना संक्रमण ह्वात्तै घट्यो, आज ११३९ जना पोजेटिभ

8.6k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ११३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा आज कूल १४९३ जना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने १४५ जना संक्रमितको मृत्यु भएको छ ।