२४ घण्टामा थप १४५ जनाको मृत्यु, ६७१४ मा कोरोना संक्रमण पुष्टि

1.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।