रावादोलु भुसिङ्गा सरोकार समाजद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

1.8k
Shares

लिला सुनुवार, ओखलढुंगा ।

रावादोलु भुसिङ्गा सरोकार समाजका सदस्यहरुले आफ्नो जन्म थलोमा रहेका नागरिकहरुका लागी माक्स, सेनिटाईजर, फेससिल्ड लगाएतका स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन । ओखलढुंगाको खिजी देम्बा गाँउपालिका वडा नम्वर ७ रावादोलु र वडा नम्वर ८ भुसिङ्गा घर भइ बिभिन्न ठाउमा बसोबास गरिरहेका व्यक्तिहरुले सञ्चालन गरेको संस्थाले खिजी देम्बा ७ रावादोलुका स्थानीयहरुलाई लक्षित गरी ७ हजार थान सर्जिकल मास्क र १ सय थान सेनिटाईजर र खिजी देम्बा ८ भुसिङ्गाका स्थानियहरुलाई ७ हजार थान सर्जिकल माक्स र १ सय थान सेनिटाईजर वितरणका लागी पठाएको सँस्थाका कोषाध्यक्ष राजेन्द्र गुरुङले बताएका छन ।

अग्र भागमा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरुको प्रयोगका लागी रावादोलु स्वास्थ्य चौकीमा २५ थान एन नाइन्टी फाईभ माक्सको साथमा १० थान फेससिल्ड र भुसिंङगा स्वास्थ्य चौकीका लागी २५ थान एन नाईन्टी फाईभ मास्कसहित १० थान फेससिल्ड वितरणका लागी पठाईएको गुरुङले बताए । यसै गरी सुरक्षाकर्मीहरुका लागी १० थान र स्थानीय विद्युत गृहमा काम गर्ने कर्मचारीहरुका लाग ५ थान फेससिल्ड समेत पठाईएको गुरुङले जनाएका छन ।

वितरण गरिएको सामाग्री मध्य ५ हजार थान मास्क संस्थाका उपाध्यक्ष धनबहादुर बस्नेतले व्यक्तिगत रुपमा गरेको र बाँकी रहेका सम्पूर्ण सामाग्रीहरुसंस्थाका तर्फबाट खरिद गरी वितरण गरिएको जनाईएको छ । सँस्थाले पठाएको स्वास्थ्य सामाग्रीहरु वडामा आई पुगेको र वडामा रहेका स्वास्थ्य स्वयंसेविका, वडा सदस्य र टोल सुधार समितिका पदधिकारीहरु मार्फ घर घरमा प-याएर वितरण गर्ने योजना रहेको खिजी देम्बा ७ का वडाध्यक्ष भुपेन्द्र बस्नेत र खिजी देम्बा ८ का अध्यक्ष नगेन्द्र बस्नेतले बताएका छन ।