कोरोना अस्पताललाई अक्सिजन सहयोग

630
Shares

सञ्जय कार्की, रौतहट ।

अक्सिजनको अभाब भैरहेको बेला यहा स्थित साझा ब्यबसाय सीप बिकास प्रालि चन्द्रपुरले कोरोना संक्रमित बिरामीको लागि चाहिने अक्सिजन उपलब्ध गराउदै आएको छ । रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको लागि प्रालिले ५१ वटा खालि सिलिण्डरमा रिफिल गरेको अक्सिजन सहयोग गरिसकेको छ । सो प्रालिका कार्यकारी निर्देशक सुरेस प्रसाद साहले अक्सिजनको अभाबमा कोरोना संक्रमित बिरामीको उपचारको लागि निरन्तर सहयोग गर्दै जाने बताउनु भयो । पछिल्लो समय कोरोना संक्रमित बिरामीलाई अक्सिजनको मात्रा बढि चाहिने भएकालेपनि सहयोगी संस्था बाट अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन लगायत स्वास्थ्य सामग्रीको सहयोग जुटदै गएको छ ।

गत बैशाख २७ गते यता अस्थायी कोरोना अस्पताल चन्द्रपुरमा भर्ना भएका २१ जना कोरोना संक्रमित बिरामीको लागि ४० वटा सिलिण्डरमा भएको अक्सिजन दिईसकिएको छ भने अझै ७ जना बिरामी भर्ना भएका छन । चन्द्रपुर, गुजरा, बृन्दाबन र गडिमाई नगरपालिका द्धारा निर्माण गरिएको ४६ बेड झमता भएको सो अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन एकदमै जरुरी छ ।

कोरोना संक्रमणको महामारी फैलिरहेको बेला संक्रमित बिरामीहरुको उपचारका लागि राज्यको मात्र भर पर्नु भन्दा पनि सहयोगी संस्थाले समेत संक्रमण बाट जोगाउन आबश्यक सामग्रीको सहयोगमा जुटेको हो । यस्तै चन्द्रपुर ४ निबासी देबी पौडेलले समेत अस्पताल लाई चाहिने स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले कोरोना संक्रमणको महामारी बाट निकास पाउन सबैको सहयोगको जरुरी रहेको बताउनु भयो ।