स्वास्थ्य सामग्री हस्तान्तरण


न्युज अफ नेपाल, ललितपुर । पूर्व सांसद् भिक्षु आनन्दले ललितपुर महानगरपालिका– १६ वडा कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
वडा कार्यालयमा एक कार्यक्रमकाबीच कोरोना संक्रमणबाट बच्न उपयोगी हुने सामग्री प्रदान गरिएकोे हो ।त्यसमा अक्सिमिटर, बाफ लिने मेशिन र ज्वरो नाप्ने मेशिन १२-१२ थान रहेका छन् । पूर्व सांसद् भिक्षु आनन्दले सो सामग्री महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, वडाअध्यक्ष निर्मलरत्न शाक्य र स्वास्थ्य स्वयं सेवकलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पूर्व सांसद् भिक्षुले बहुजन हिताय, बहुजन सुखायको मर्म अनुरुप आफूले यथासक्य स्वास्थ्य सामग्री प्रदान गरिएको बताउनुभयो । ती स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमण बाट जोगिन केही न केही सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका मयेर महर्जनले बुद्ध जयन्तीको अवसर पारेर भिक्षुबाट भएको सहयोगको सराहना गर्नुभयो । उहाँले कोरोना संक्रमितहरु बस्न महानगरपालिकाले विभिन्न संस्थाको सहयोगमा सञ्चालनमा ल्याइएको आइसोलेसन सेवा र सुविधाबारे केन्द्रीत गरी आफ्नो भनाई राख्नुभयो ।

सो अवसरमा १६ वडाका वडाअध्यक्ष शाक्यले निषेधाज्ञा लम्बिँदै गएसंगै मानिसहरुलाई भोकले पनि सताउन थालेको उल्लेख गर्दै महानगरपालिकाबाट अविलम्ब राहतको प्याकेज ल्याउन माग गर्नुभयो । बहिनी यो समाचारको शीर्षक र फोटो यस्तो हाल्नुहोला।सो अवसरमा वडा स्वास्थ्य कार्यान्वयन समितिका उपाध्यक्ष उषा बज्राचार्यले कोरोना जोखिमको बेला टोलटोलमा स्वास्थ्य सेवा पु-याउन समिति मार्फत भएका कामहरुबारे जानकारी दिनुभयो ।सो सामग्री हस्तान्तरणको लागि बुद्धवाणी साप्ताहिकका सम्पादक विश्वन्तर शाक्य र बौद्ध उपासिका एवं स्वास्थ्य स्वयंसेवक शारदा शाक्यले संयोजन गर्नुभएको थियो ।

यसैबीच प्लेइिङ फर चेञ्ज नेपाल दौबहाले सेनिटाईर गर्ने फोग मेशिन र आईसोलेसनका लागि मेडिकल बेड हस्तान्तरण गरेको छ । नेपालका अध्यक्ष इश्वर बज्राचार्य र उपाध्यक्ष प्रवीणबहादुर शाक्यले सो सामग्री वडाध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभयो ।