असहाय संक्रमितलाई इनासको अक्सिजन सहयोग


अक्सिजन बेड नपाएर छट्पटाइरहेका दुःखी र असहाय कोरोना संक्रमितको स्वास्थ्य उपचारमा सघाउन अन्तर्राष्टिझय नेपाली कलाकार समाज (इनास) सहयोगी हात फैलाएको छ। कोभिडका बिरामीका लागि इनासका विश्वभरीका समितिबाट संकलित रकमले पचास सिलिन्डर अक्सिजान रिफिल गरी काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरेको छ।

इनासकी ग्लोबल अध्यक्ष कमला दाहालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अस्पतालका कार्यकारी प्रमुख उमेश पाण्डेलाई असहायहरुको सहयोगार्थ उक्त परिणम बराबरको सहयोग गरेको छ। यस किसिमको सहयोगले बिरामीलाई ठूलो सहयोग हुने भन्दै अस्पतालका कार्यकारी प्रमुख पाण्डेले इनास परिवारलाई धन्यवाद ज्ञापन गरे।

सानो सहयोगले पनि कसैको ज्यान बच्छ भने त्यस्तो सत्कर्ममा इनास सधै क्रियाशील हुने भन्दै इनास ग्लोबलका अध्यक्ष दाहालले आगामी दिनमा अपांगता भएका व्यक्ति, दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य अस्पतालमा समेत बुझेर सहयोगलाई निरन्तरता दिने बताइन्।इनासका ग्लोबल कोषाध्यक्ष कुलराज थापा, इनास एसिया सहसंयोजक रुपा न्यौपाने सम्मिलित उक्त सहयोग कार्यक्रमको संयोजन इनास नेपालका संयोजक दयाराम पाण्डेयले गरेका थिए।